arin enterprises

उपत्यकामा नयाँ संक्रमित संख्यामा कमी

SamacharDesk – बिकाश | २०७८ आषाढ १, मंगलबार

कम काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ५४५ जना संक्रमित थप भएका छन् ।

काठमाडौंमा ४५५, ललितपुरमा ७४ र भक्तपुरमा १६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५७ हजार ५५५ जना कोभिड १९ बाट संक्रमित भइसके ।

पछिल्लो पटक उपत्यकामा एक हजार ३२१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ४१ हजार ६२८ जना संक्रमित निको भएका छन् ।

उपत्यकामा संंक्रमण निको हुनेको दर ९४ प्रतिशतको नजिक पुगेको छ । हाल संक्रमण निको हुनेको दर ९३ दशमलव ८१ प्रतिशत रहेको छ ।

उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्यामा दिनहुँ कमी आउँदै गरेको छ । हाल उपत्यकामा १३ हजार ३०३ जना सक्रिय संक्रमित उपचाररत छन् ।

विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये ८७१ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका २६३ जनामध्ये ९१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

उपत्यकामा पछिल्लो पटक काठमाडौंमा ७ र ललितपुरमा २ जना गरी जम्मा ९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म २ हजार ६५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in समाज