उपत्यकामा ५७० संक्रमित थप, ७६९ निको
SamacharDesk – बिकाश | २०७८ आषाढ ३, बिहिबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५७० जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो परिक्षणमा काठमाडौंमा ४१३, ललितपुरमा १२१ र भक्तपुरमा ३६ जना संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५८ हजार ६२४ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।
तीमध्ये २ लाख ४३ हजार ४४१ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो पटक ७६९ जना संक्रमित संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन् ।
हाल उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या १२ हजार ५१४ रहेको छ ।
विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ७७४ जना जनरल/एचडियूमा छन् भने आइसीयूमा उपचाररत २६४ जनामध्ये ९१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
उपत्यकामा पछिल्लो पटक १२ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ६ र ललितपुरमा ६ जना संक्रमितको मृत्यु भएको हो । हालसम्म उपत्यकामा २ हजार ६७२ जनाको कोभिड १९ का कारण मृत्यु भइसकेको छ ।
Categorized in समाज