परिक्षण संख्याको करीब २३ प्रतिशतमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७८ आषाढ १९, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ३२८ जना नयाँ संक्रमित थपिएका छन् ।
जम्मा १० हजार १३३ जनाको स्वाब नमूनाको परिक्षण भएकोमा करीब २३ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।
५ हजार ८३७ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ५२७ जना र ४ हजार २९६ जनाको एन्टिजेन परिक्षणमा ८०१ जना संक्रमित भेटिएका हुन् ।
नयाँ संक्रमितमध्येमा ४८ जना १० वर्षसम्मका बालबालिका छन् भने १२६ जना ११ देखि २० वर्ष उमेर समूहका रहेका छन् ।
हालसम्म ६ लाख ८१ हजार १३६ जना कोभिड १९ बाट संक्रमित भइसके । गएको २४ घण्टामा ३ हजार ६६ जना संक्रमित निको हुँदै घर फर्केका छन् । हालसम्म ६ लाख ६ हजार ६६६ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
हाल २७ हजार ७१६ जना सक्रिय संक्रमित उपचाररत छन् । २४ हजार ६७५ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ४१ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा रहेका ६२७ जनामध्ये १८१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
थप १९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या ९ हजार १९८ पुगेको छ ।
Categorized in राष्ट्रिय