arin enterprises

आज नयाँ संक्रमितभन्दा निको हुने कम

SamacharDesk – बिकाश | २०७८ आषाढ २२, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

जम्मा १२ हजार ५८५ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ५०३ वटा आरटी पिसिआर परिक्षणमा एक हजार ७१८ जना र ५ हजार ८२ एन्टिजेन परिक्षणमा ९१६ जनामा संक्रमित भेटिएका हुन् ।

नयाँ संक्रमितमा ६८ जना १० वर्षसम्मका बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका ११४ जना छन् । नेपालमा हालसम्ममा ६ लाख ८७ हजार ९९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यस पटक भने नयाँ संक्रमितको संख्याभन्दा निको हुनेको संख्या भने कम रहेको छ । गएको २४ घण्टामा जम्मा एक हजार ५६५ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

हाल २५ हजार ८२८ जना सक्रिय संक्रमित उपचाररत छन् । २२ हजार ९६९ जना संक्रमित होम आइसोलेसनमा र २ हजार ८५९ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका ५६७ जनामध्ये १७१ जना भेन्टिलेटरमा छन् ।

थप १५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार २६३ पुगेको छ ।

Categorized in राष्ट्रिय