arin enterprises

उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै

SamacharDesk – बिकाश | २०७८ आषाढ २५, शुक्रबार

काठमाडौं उपत्यकामा कोभिड १९ का नयाँ संक्रमितको संख्यामा कमी आउँदै गरेको देखिएको छ । हिजो ४२७ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ४ सयभन्दा कम रहेको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा जम्मा ३८० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा २६१, ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६८ हजार ४४३ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये २ लाख ५७ हजार ८०६ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । गएको २४ घण्टामा ४८८ जना संक्रमित निको भएका छन् ।

हाल उपत्यकामा ७ हजार ८०२ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ५०२ जना जनरल÷एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका १५४ जनामध्ये ६५ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा ४ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ३ र ललितपुरमा एक जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा हालसम्ममा २ हजार ८३५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in समाज