arin enterprises

उपत्यकामा ३९१ संक्रमित थपिए, ४४० संक्रमण मुुक्त

SamacharDesk – बिकाश | २०७८ आषाढ २७, आइतबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३९१ जना नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्ममा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार २४८ पुगेको छ ।

तीमध्ये ९६ दशमलव ११ प्रतिशत संक्रमणमुक्त भइसकेका छन् । उपत्यकामा कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५८ हजार ७७६ रहेको छ । गएको २४ घण्टामा ४४० जना संक्रमित निको भएका छन् ।

उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या ७ हजार ६२७ रहेको छ । उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये ५३१ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका १५७ जनामध्ये ५८ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

काठमाडौंमा २ र ललितपुरमा एक जना गरी काठमाडौं उपत्यकामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा हालसम्म २ हजार ८४२ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in समाज