arin enterprises

२ हजार ७१४ नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७८ श्रावण ७, बिहिबार

नेपालमा थप २ हजार ७१४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

१२ हजार ८२९ जनाको स्वाब नमूनाको परिक्षण गर्दा २१ दशमलव १५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ९ हजार १२२ आरटी पिसिआर परिक्षणमा एक हजार ८५५ जना र ३ हजार ७०७ जनाको एन्टिजेन परिक्षणमा ८५९ जना संक्रमित भेटिएका हुन् ।

तीमध्ये १० वर्षसम्मका बालबालिका ५७ जना छन् भने ११ देखि २० वर्ष उमेर समूहका २०५ जना छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्यामा ७ लाख २७ हजार १६९ पुगेको छ ।

तीमध्ये ६ लाख ३७ हजार ६९० जना संक्रमित निको भइसकेका छन् । गएको २४ घण्टामा एक हजार २८८ जना संक्रमित संक्रमण मुक्त हुन सफल भएका छन् ।

हाल २७ हजार ३७५ जना सक्रिय संक्रमित उपचाररत छन् । २४ हजार ६१६ जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ७५९ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा उपचाररत ६३५ जनामध्ये १७२ जना भेन्टिलेटरमा छन् । थप २४ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ । 

Categorized in राष्ट्रिय