उपत्यकामा करीब एक हजार नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७८ श्रावण ११, सोमबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिने कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजारको निकै नजिक रहेको छ ।
काठमाडौं उपत्यकामा ९९९ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना नयाँ संक्रमित थपिएका हुन् ।
हालसम्म उपत्यकामा २ लाख ७८ हजार ४१ जना कोभिड १९ बाट संक्रमित भइसके ।
उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या ८ हजार ९ जना रहेको छ ।
उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनहरुमा उपचाररत संक्रमितमध्ये ५९७ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत १८५ जनामध्ये ७५ जना भेन्टिलेटरमा छन् ।
गएको २४ घण्टामा उपत्यकामा उपचाररत संक्रमितमध्ये ६०२ जना निको भएका छन् । हालसम्म उपत्यकाका संक्रमितमध्ये २ लाख ६७ हजार ११६ जना संक्रमित कोरोना भाईरसलाई हराउँदै संक्रमण मुक्त भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो उपत्यकाभित्र ललितपुरमा ३ जनाको मात्र मृत्यु भएको छ । उपत्यकामा हालसम्म २ हजार ९१६ जनाको कोभिड १९ का कारण मृत्यु भइसकेको छ ।
Categorized in समाज