arin enterprises

उपत्यकामा ७४४ संक्रमित थप, ६ को मृत्यु

SamacharDesk – बिकाश | २०७८ श्रावण १२, मंगलबार

पछिल्लो २४ घण्टामा नेपालभरीबाट थप भएको कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७७४ जना रहेका छन् ।

काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा हालसम्म २ लाख ७८ हजार ८१५ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये २ लाख ६७ हजार ८५४ जना निको पनि भइसके । गएको २४ घण्टामा उपत्यकाबाट ७३८ जना संक्रमित संक्रमण मुक्त हुन सफल भएका छन् ।

उपत्यकामा हाल ८ हजार ३९ जना संक्रमित उपचाररत छन् । उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये जनरल/एचडियू वार्डमा ६२६ जना छन् भने आइसीयूमा उपचाररत १८२ जनामध्ये ७२ जना भेन्टिलेटरमा छन् ।

काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा एक जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा ६ जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ९२२ पुगेको छ । 

Categorized in समाज