arin enterprises

उपत्यकामा ८६० संक्रमित थपिँदा २४७ मात्र निको

SamacharDesk – बिकाश | २०७८ श्रावण १४, बिहिबार

काठमाडौं उपत्यकामा कोभिड १९ का ८६० जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८० हजार ५३४ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।

तीमध्ये निको हुनेको दर ९५ दशमलव ५९ प्रतिशत रहेको छ । कुल संक्रमितमध्ये २ लाख ६९ हजार १६३ जना संक्रमण मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा संक्रमण निको हुनेको संख्या २४७ मात्र रहेको छ ।

काठमाडौं र भक्तपुरमा २/२ जना गरी उपत्यकामा थप ४ जना संक्रमितको मृत्यु भइसकेको छ । उपत्यकामा हालसम्म २ हजार ९३० जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

हाल उपत्यकामा ८ हजार ४४१ जना सक्रिय संक्रमित उपचाररत छन् ।

उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये ७१७ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत १८२ जनामध्ये ६८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Categorized in समाज