arin enterprises

उपत्यकामा ९०४ संक्रमित थप

SamacharDesk – बिकाश | २०७८ श्रावण १९, मंगलबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ९०४ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८४ हजार ६५३ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये ९५ प्रतिशत ७५ प्रतिशत संक्रमित निको भइसकेका छन् । हालसम्म उपत्यकामा संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ५७८ रहेको छ । पछिल्लो पटक उपत्यकाबाट ६७७ जना संक्रमित संक्रमण मुक्त हुन सफल भएका छन् ।

उपत्यकामा गएको २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र भक्तपुरमा ३/३ र ललितपुरमा एक जना संक्रमितको मृत्यु भएको हो । हालसम्म उपत्यकामा २ हजार ९६० जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।

उपत्यकामा होम आइसोलेसन र विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या ९ हजार ११५ रहेको छ ।

काठमाडौं उपत्यकाका ३ जिल्लासमेत गरी जम्मा १४ जिल्लामा ५ सय बढि सक्रिय संक्रमित छन् भने १९ जिल्लामा २ सय बढि सक्रिय संक्रमित छन् । 

Categorized in समाज