arin enterprises

उपत्यकामा ७०१ नयाँ संक्रमितथ थप

SamacharDesk – बिकाश | २०७८ श्रावण २२, शुक्रबार

पछिल्लो पटक देशैभरिबाट भेटिएका कोभिड १९ का नयाँ संक्रमितहरुमध्ये ७०१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।

काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८७ हजार ७०८ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ७४ हजार ७०४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो पटक उपत्यकाबाट ७३८ जना संक्रमित निको हुँदै घर फर्केका छन् ।

काठमाडौंमा, ललितपुर र भक्तपुरमा एक/एक जना गरी पछिल्लो पटक उपत्यकामा ३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म उपत्यकामा २ हजार ९७६ जनाको कोभिड १९ का कारण मृत्यु भइसकेको छ ।

उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या १० हजार एक रहेको छ । उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये जनरल÷एचडियू वार्डमा ९२६ जना छन् भने आइसीयूमा १९० जनामध्ये ५४ जना भेन्टिलेटरमा छन् ।

Categorized in समाज