उपत्यकामा कोभिडका कारण मृत्यु हुने ३ हजारको नजिक
SamacharDesk – बिकाश | २०७८ श्रावण २५, सोमबार

काठमाडौं उपत्यकामा ९५९ जना कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् ।
पछिल्लो परिक्षणमा काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९० हजार ५२८ पुगेको छ ।
गएको २४ घण्टामा एक हजार ४२९ जना संक्रमित निको भएका छन् । हालसम्म उपत्यकामा संक्रमण निको हुनेको संख्या २ लाख ७६ हजार ८४१ पुगेको छ ।
उपत्यकामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ३ र ललितपुरमा २ जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ९९२ पुगेको छ ।
उपत्यकामा १० हजार ६९५ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८६१ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका २१६ जनामध्ये ६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
Categorized in समाज