arin enterprises

कुल संक्रमित संख्या ८ लाख नाघ्यो

SamacharDesk – बिकाश | २०७८ श्रावण २९, शुक्रबार

नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख नाघेको छ । आज थप हुने नयाँ संक्रमित संख्यासँगै कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख २ हजार ५६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भने ३ हजार ९१५ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । जम्मा १८ हजार ५८२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २१ दशमलव ०६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

११ हजार ७०८ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ७६३ र ६ हजार ८७४ एन्टिजेन परिक्षणमा एक हजार १५२ जना संक्रमित भेटिएका हुन् । नयाँ संक्रमितमध्ये ७३ जना १० वर्षसम्मका बालबालिका छन् भने २१८ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।

गएको २४ घण्टामा २ हजार ११८ जना संक्रमित कोरोना भाईरसलाई परास्त गर्दै संक्रमण मुक्त हुन सफल भएका छन् । हालसम्म कुल संक्रमितमध्ये ६ लाख ७९ हजार ४९५ जना संक्रमित निको भइसकेका छन् ।

यसै अवधिमा थप २७ जना कोभिड संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार २३९ पुगेको छ ।

हाल ३८ हजार ७९८ जना सक्रिय संक्रमित उपचाररत छन् । ३५ हजार ५१८ संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार २८० संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

७३६ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने तीमध्ये १८६ जना भेन्टिलेटरमा छन् ।

Categorized in राष्ट्रिय