arin enterprises

परिक्षणको साढे २२ प्रतिशत संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७८ भाद्र ३, बिहिबार

नेपालमा कोभिड १९ का थप ३ हजार ७०५ जना नयाँ संक्रमित भेटिएका छन् ।

१६ हजार ४३८ जनाको स्वाब नमूनाको परिक्षणमा ती संक्रमित भेटिएका हुन् । ११ हजार ९४६ आरटी पिसिआर परिक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ एन्टिजेन परिक्षणमा ७५४ जनामा संक्रमण देखिएको हो ।

तीमध्ये ७३ जना १० वर्षसम्मका बालबालिका छन् भने १९४ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।

हालसम्म कुल ३८ लाख ३ हजार १५ वटा आरटी पिसिआर परिक्षण भइसकेको छ भने त्यसमा ७ लाख ४२ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आजसम्म गरिएको ४ लाख १६ हजार ९८६ एन्टिजेन परिक्षणमा ७८ हजार ३७७ जना संक्रमित भेटिएका छन् ।

कुल संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् । गएको समयमा २ हजार १२६ जना संक्रमित निको हुँदै घर फर्केका छन् ।

त्यस्तै यसै अवधिभित्र थप ३३ जना संक्रमितले ज्यान गुमाएका छन् । आजसम्ममा १० हजार ४२९ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

हाल ४० हजार ५ सय सक्रिय संक्रमित उपचाररत छन् । ३७ हजार ११४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३८६ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा उपचाररत ७३९ मध्ये १६८ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । 

Categorized in राष्ट्रिय