नयाँ संक्रमितको संख्यामा कमी आउँदै
SamacharDesk – बिकाश | २०७८ भाद्र १२, शनिबार

भाद्र महिना लागे यता नेपालमा कोरोना संक्रमणको अवस्थामा केही कमी देखिन थालेको छ । परिक्षणको २० प्रतिशतभन्दा माथि नयाँ सक्रमित थप हुँदै गएकोमा पछिल्ला दिनमा यस दरमा कमी देखिएको छ ।
आज पनि जम्मा १४ दशमलव ०९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । १३ हजार १७६ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक हजार ८५७ जनामा संक्रमण पुष्टि भएको हो ।
९ हजार ४०९ आरटी पिसिआर परिक्षणमा एक हजार ५१६ र ३ हजार ७६७ एन्टिजेन परिक्षणमा ३४१ जना संक्रमित भेटिएका हुन् । तीमध्ये ५१ जना १० वर्षसम्मका बालबालिका छन् भने १५२ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।
हालसम्म गरिएको पिसिआर परिक्षमा भेटिएका संक्रमितको कुल संख्या ७ लाख ५८ हजार ८ पुगेको छ भने एन्टिजेन परिक्षणमा ८२ हजार ७९७ जनामा संक्रमण देखिएको छ ।
आज पनि नयाँ संक्रमितको भन्दा निको हुनेको संख्या बढि रहेको छ । गएको २४ घण्टामा २ हजार २२२ जना संक्रमित निको हुँदै घर फर्केका छन् । हालसम्म जम्मा ७ लाख १० हजार ४५२ जना संक्रमित कोरोना भाईरसलाई हराउँदै संक्रमण मुक्त भइसकेका छन् ।
थप २७ जना संक्रमितको मृत्यु भएको छ । कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार ६९० पुगेको छ ।
सक्रिय सक्रमितको संख्यामा पनि कमी आउन थालेको छ । हाल ३६ हजार ८६६ जना सक्रिय संक्रमित उपचाररत छन् ।
३३ हजार ८३५ संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३१ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा ६१५ जना उपचाररत छन् भने तीमध्ये १७४ जना भेन्टिलेटरमा छन् ।
Categorized in राष्ट्रिय