arin enterprises

१० प्रतिशतभन्दा कम नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७८ आश्विन २, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा १० प्रतिशत भन्दा कम मात्र कोभिड १९ संक्रमित भेटिएको छ ।

पछिल्लो पटकको परिक्षण संख्याको आधारमा जम्मा ९ दशमलव ३६ प्रतिशत संक्रमित भेटिएका हुन् । जम्मा ११ हजार ३८५ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

८ हजार ५४० आरटी पिसिआर परिक्षणमा ८३५ जना र २ हजार ८१८ एन्टिजेन परिक्षणमा २३१ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म गरिएको कुल पिसिआर परिक्षणमा ७ लाख ८३ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ५ लाख ३४ हजार ९९४ जनाको एन्टिजेन परिक्षण गरिँदा ८८ हजार ८९० जना कोरोना पोजेटिभ देखिएका छन् ।

पछिल्लो पटक एक हजार २३४ जना संक्रमित निको हुन सफल भएका छन् । हालसम्म ७ लाख ४७ हजार ८ सय संक्रमित संक्रमण मुक्त भइसकेका छन् ।

पछिल्लो समय थप १६ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण कुल ११ हजार २८ जनाको मृत्यु भइसकेको छ ।

हाल उपचाररत २५ हजार ८२ जना सक्रिय संक्रमितमध्ये २३ हजार ६३६ संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ४४६ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् । ३८९ जना आइसीयूमा छन् भने १२१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

Categorized in राष्ट्रिय