कोरोना निको हुनेको दर ९६ प्रतिशत नजिक
SamacharDesk – बिकाश | २०७८ आश्विन ६, बुधबार

नेपालमा बुधबार कोभिड १९ का एक हजार ४७८ जना नयाँ संक्रमित थपिएका छन् ।
एन्टिजेन र आरटी पिसिआर गरी जम्मा १३ हजार ९३० वटा स्वाब नमूनाको परिक्षणमा यो संख्यामा नयाँ संक्रमित भेटिएका हुन् । परिक्षण संख्याको आधारमा यो १० दशमलव ६१ प्रतिशत हो ।
नयाँ संक्रमितमध्ये ३८ जना १० वर्षसम्मका बालबालिका छन् भने ९८ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।
हालसम्ममा ४१ लाख २४ हजार ५७९ वटा नमूनाहरुको आरटी पिसिआर परिक्षण भएको छ भने तीमध्ये ७ लाख ८७ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ लाख ४७ हजार ५९३ एन्टिजेन परिक्षणमा ८९ हजार ६०९ जना संक्रमित भेटिएका छन् ।
कुल संक्रमितमध्ये ९५ दशमलव ९ प्रतिशत निको भइसकेका छन् । हालसम्म ७ लाख ५५ हजार ६३० जना संक्रमित संक्रमण मुक्त हुन सफल भइसकेका छन् । पछिल्लो समय एक हजार ६३० जना संक्रमित निको भएका छन् ।
यसै अवधिभित्र ६ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५९ पुगेको छ ।
हाल २१ हजार १३९ जना सक्रिय संक्रमित उपचाररत छन् । १९ हजार ८०५ जना संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३३४ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ३३४ जनामध्ये ११९ जना भेन्टिलेटरमा छन् ।
Categorized in राष्ट्रिय