arin enterprises

२४२८ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७८ बैशाख ९, बिहिबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) का थप २ हजार ४ सय ३८ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो पटक गरिएको १० हजार ४४८ वटा नमूना परिक्षणमा २ हजार ४२८ जना नयाँ संक्रमित फेला परेका हुन् ।

१० हजार एक वटा नमूनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३६५ र ४४७ एन्टिजेन परिक्षणमा ६३ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै विभिन्न संस्थागत र होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १२ हजार ६९० पुगेको छ ।

हालसम्म नेपालमा २३ लाख ७९ हजार ४०२ वटा नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ भने २ लाख ९२ हजार १५२ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।

पछिल्लो पटक २ सय ५२ जना संक्रमित निको भएका छन् । हालसम्म संक्रमण निको हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ ।

थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ । 

Categorized in समाज