arin enterprises

काठमाडाैंमा मात्रै ३ हजार बढि संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७८ बैशाख २३, बिहिबार

पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये करीब ४ हजार जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।

गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ हजार १६३ संक्रमित थप भएका छन् भने ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना संक्रमित भेटिएका छन् ।

हाल काठमाडौं उपत्यकामा रहेका सक्रिय संक्रमितको संख्या ३२ हजार ४५२ रहेको छ । तीमध्ये ३१ हजार १२० होम आइसोलेसनमा छन् भने एक हजार ३३२ जना संस्थागत आइसोलेसनमा छन् ।

संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमा आइसीयूमा उपचाररत १८७ जनामध्ये ८३ जना भेन्टिलेटरमा छन् ।

हालसम्म काठमाडौं उपत्यकामा एक लाख ७१ हजार ९९१ जनालाई कोभिड संक्रमण भइसकेको छ भने तीमध्ये एक लाख ३८ हजार ३३५ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा उपत्यकामा एक हजार ६६५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो पटक उपत्यकामा १० जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा हालसम्म कोभिड संक्रमणका कारण एक हजार २०४ जनाको मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय