arin enterprises

संक्रमण दर फेरी बढ्दै

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २२, बिहिबार

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमको दर फेरी बढ्दै गएको छ । केही दिन अघिसम्म दैनिक २ प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थप भइरहेकोमा आज यो दर ४ प्रतिशत भन्दा बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ४ दशमलव ४६ प्रतिशत नयाँ संक्रमित भेटिएका छन् ।

जम्मा १२ हजार ९९ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ५४० जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार २०९ आरटी पिसिआर परिक्षणमा ४७८ र ४ हजार ८९० एन्टिजेन परिक्षणमा ६२ जना संक्रमित भेटिएका हुन् ।

योसँगै आरटी पिसिआर परिक्षणबाट पुष्टि हुने कुल संक्रमितको संख्या ८ लाख ३० हजार ४८० पुगेको छ । एन्टिजेन परिक्षणमा भने ९६ हजार ४४५ जना संक्रमित भेटिसकेका छन् ।

संक्रमण दर बढ्दै गएको अवस्थामा सतर्कता अपनाउन चिकित्सक तथा स्वास्थ्यविद्हरुले सुझाएका छन् ।

९७ दशमलव ९ प्रतिशत संक्रमित निको भइसकेका छन् । संक्रमण निको हुनेको कुल संख्या ८ लाख १३ हजार ४४७ रहेको छ । पछिल्लो पटक २७१ जना संक्रमित निको भएका छन् ।

थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भइसकेको छ ।

हाल ५४३१ जना सक्रिय संक्रमित उपचाररत छन् ।

Categorized in समाज