उपत्यकामा ५ हजार बढि संक्रमित भेटिए
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ७, शुक्रबार

काठमाडौंमा कोभिड १९ का थप ५ हजार २९९ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्ला २४ घण्टामा थप हुने नयाँ संक्रमितमध्ये काठमाडौंमा ४ हजार २७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जना रहेका छन् । योसँगै उपत्यकाभित्र कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख ८१ हजार ९९५ पुगेको छ ।
यसै अवधिमा उपत्यकामा थप ३३४ जना संक्रमित संक्रमणमुक्त हुन सफल भएका छन् । उपत्यका कोभिड संक्रमण निको हुनेको कुल संख्या ३ लाख ३६ हजार ५३९ पुगेको छ ।
काठमाडौं र भक्तपुरमा थप एक/एक जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा कोभिड संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ४ सय पुगेको छ ।
उपत्यकामा ४२ हजार ५६ जना सक्रिय संक्रमित उपचाररत छन् । काठमाडौंमा ३० हजार ६८८, ललितपुरमा ७ हजार १४५ र भक्तपुरमा ४ हजार २२३ सक्रिय संक्रमित रहेका छन् ।
विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ३५२ जना जनरल वार्डमा छन् भने ३६९ एचडियू वार्डमा छन् । आइसीयूमा उपचाररत ६३ जनामध्ये २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हाल १५ वटा जिल्लाहरुमा ५ सय बढि सक्रिय संक्रमित छन् भने वागमती प्रदेशमा काठमाडौं उपत्यकाका ३ जिल्लासँगै चितवन, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा ५ सय बढि सक्रिय संक्रमित छन् ।
Categorized in राष्ट्रिय