ह्वात्तै घट्यो संक्रमण दर
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ९, आइतबार

जहाँ हिजो मात्रै नयाँ संक्रमण दर ५० प्रतिशत भन्दा माथि पुगेको थियो, आज भने यो दर एकैपल्ट ३७ प्रतिशतमा घटेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १७ हजार ४३७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा जम्मा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर परिक्षण भने १३ हजार ३७७ गरिएकोमा ५ हजार ५९८ संक्रमित भेटिए ।
निको हुनेको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो अवधिमा एक हजार ४१६ जना संक्रमित निको हुन सफल भएका छन् । हालसम्म ८ लाख २१ हजार ६९९ संक्रमित संक्रमण मुक्त हुन सफल भइसके ।
त्यस्तै पछिल्लो समय थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या भने ७७ हजार ४० रहेको छ । तीमध्ये ७५ हजार ३७६ संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ६६४ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा उपचाररत २१५ जनामध्ये ४० जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
Categorized in राष्ट्रिय