arin enterprises

भारतले ल्यायो कोरोनाविरुद्ध नाकमा राख्ने औषधी

SamacharDesk | २०७९ माघ १३, शुक्रबार

विश्व नै आक्रान्त भएको कोरोना भाइरसले अभैm पनि विस्तारै पकड जमाउँदै आइरहेको छ ।

हुन त यसको विभिन्न खोपहरु निस्केका छन् र विश्वभर नै खोप लिनेक्रम जारी नै छ तर पनि कोरोना भाइरसलाई निमित्यान्न पार्न भने सकेको छैन ।

यसबीच भारतले पनि कोरोनाविरुद्धको औषधी तयार पारेको छ । भारतले कोरोना भाइरस विरुद्ध नाकमा राख्ने औषधी तयार पारेको छ ।

भारत बायोटेकले बनाएको इन्कोभ्याक नामको नाकमा राख्ने औषधीलाई भारत सरकारले मान्यता समेत दिएको छ । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. मनसुख मान्डब्य र विज्ञान तथा प्रबिधि मन्त्री जितेन्द्र सिंहले हिजो उक्त औषधीको औपचारिक शुरुवात गर्नुभएको हो ।

भारतको केन्द्रीय औषधी नियमन तथा मापदण्ड विभागले विस्तृत परीक्षण गरेपछि इनकोभ्याकलाई भारत सरकारले मान्यता दिएको हो ।

यो औषधी फेब्रुअरी पहिलो साताबाट बजारमा उपलब्ध हुने भएको छ । औषधी निर्माता कम्पनी भारत वायोटेकले भारत सरकार र राज्य सरकारहरुलाई प्रतिडोज ३२५ भारुमा उपलब्ध गराउने भएको छ । खुला बजारमा भने यस औषधीको मूल्य प्रतिडोज ८ सय भारु पर्ने जनाइएको छ ।

यो औषधी विरामीको नाकबाट दिन मिल्छ । यसले कोराना भाइरसको उपचारलाई सहज बनाउने विश्वास गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय