कोरोना निको हुनेको संख्या १० हजार नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ २९, सोमबार

पछिल्लो समय नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । नयाँ संक्रमणको संख्या दिनहुँ कमी हुँदै जाँदा निको हुनेको संख्या वृद्धि हुँदै गएको हो ।
पछिल्ला दुई दिन नयाँ संक्रमितको संख्या २ अंकमा झरेको थियो भने आज बढेको भएपनि एक सय ४४ जनामा मात्र संक्रमित पुष्टि भयो ।
विगतको तथ्याङ्कको तुलनामा यो संख्या निकै कम नै मान्नुपर्छ ।
यसै सन्दर्भमा आज निको हुनेको संख्यामा भने रेकर्ड नै कायम भएको छ ।
पछिल्लो २४ घन्टामा एकैपल्ट एक हजार ७ सय बढि संक्रमित निको भएर घर फर्केका छन् ।
योसँगै कोरोना संक्रमण निको हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय एक हजार ७ सय ५ जना संक्रमितहरु निको भई विभिन्न आइसोलेसन सेन्टर र अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।
गत शनिबारसम्म निको हुनेको दर ५०.५ प्रतिशत थियो भने आजसम्म आइपुग्दा यो दर ६०.७४ प्रतिशत पुगेको छ ।
Categorized in समाज