arin enterprises

कोरोना संक्रमण निको हुनेको संख्या हजार नाघ्यो

SamacharDesk – विकाश | २०७७ आषाढ १, सोमबार

नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार नाघेको छ । 

पछिल्लो २४ घन्टामा थप ६७ जनाले कोरोना भाईरससँगको लडाईँ जितेका छन् । तीमध्ये ७ जना महिला छन् भने ६० जना पुरुष रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार ४१ पुगेको छ । तीमध्ये पुरुष ९ सय ३७ जना र महिला एक सय ४ जना छन् ।

पछिल्लो २४ घन्टामा निको हुनेहरुमध्ये कोभिड १९ अस्पताल जनकपुरबाट २४ पुरुष र पाटन अस्पताल लगनखेल ललितपुरबाट ३ जना महिला र एक जना पुरुष रहेका छन् ।

त्यसैगरी कोभिड ९ युनिफाइड कमान्ड अस्पताल बलम्बुबाट २ महिला, त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट एक महिला र एक पुरुष र कलैया अस्पताल बाराबाट ६ जना पुरुष पनि निको भएर डिस्चार्ज भई घर फर्केका छन् ।

साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीमा उपचाररत १७ पुरुष, कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचाररत एक महिला, ११ पुरुष पनि संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

Categorized in समाज