arin enterprises

कोरोना निको हुनेको दर बढ्दै

SamacharDesk – विकाश | २०७७ आषाढ २२, सोमबार

नेपालमा पछिल्ला दिनहरुमा संक्रमणको दर कम हुँदै गइरहेको देखिएको छ भने निको हुनेको दर बढ्दो छ ।

आज अद्यावधिक तथ्याङ्क अनुसार ३.८ प्रतिशतले नयाँ संक्रमित थप भएका छन् भने निको हुनेको दर ४२.७ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट कुल २ सय ६४ जना संक्रमितहरु कोरोना भाईरसलाई पराजित गर्दै डिस्चार्ज भएका छन् ।

आजसम्ममा १५ हजार ९ सय ६४ जना संक्रमित हुँदा ६ हजार ८ सय ११ जना निको भएका छन् ।

प्रदेश एकमा ७ सय १० जना संक्रमित भएकोमा ४ सय ६९ जना निको भइसके भने प्रदेश २ का ४ हजार एक सय ८४ संक्रमितमध्ये २ हजार ७२ जना निको भइसके ।

बागमति प्रदेशमा ६ सय ३९ मध्ये २ सय ३४, गण्डकी प्रदेशमा एक हजार एक सय ७५ मध्ये २ सय ९५ ले संक्रमणलाई जितिसके ।

प्रदेश ५ मा ३ हजार ९ सय ८४ मध्ये एक हजार ८ सय ५७, कर्णाली प्रदेशमा एक हजार ५ सय ८१ मध्ये एक हजार दुई सय २२ र सुदुरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९१ मध्ये ६ सय ६२ जना निको भएर घर फर्केका छन् ।

Categorized in समाज