arin enterprises

कुल सक्रिय संक्रमितमध्ये ६० प्रतिशत बढि उपत्यकामा

SamacharDesk – बिकाश | २०७७ माघ १५, बिहिबार

पछिल्लो २४ घन्टामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक सय २३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । ४४ जना महिला र ७९ जना पुरुष गरी काठमाडौं उपत्यकामा एक सय २३ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा एक सय ७, ललितपुरमा १० र भक्तपुरमा ६ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या एक लाख २६ हजार ४ सय ७० पुगेको छ ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख २३ हजार ७ सय ६७ जना निको पनि भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा उपत्यकामा एक सय ८४ जना संक्रमित निको भएका छन् । काठमाडौंमा एक सय ५३, ललितपुरमा २२ र भक्तपुरमा ९ जना संक्रमित निको भएका हुन् ।

देशैभरिका कुल सक्रिय संक्रमितमध्ये ६० दशमलव ५३ प्रतिशत काठमाडौं उपत्यकामा छन् ।

उपत्यकामा हाल एक हजार ९ सय ३९ जना संक्रमित उपचाररत छन् । काठमाडौंमा एक हजार ७ सय ६७ जना सक्रिय संक्रमित छन् भने ललितपुरमा एक सय ३९ र भक्तपुरमा ३५ जना सक्रिय संक्रमित छन् ।

Categorized in समाज