उपत्यकामा ६४ संक्रमित थपिँदा २०९ निको
SamacharDesk – बिकाश | २०७७ माघ १७, शनिबार

पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६४ जना रहेका छन् । तीमध्ये २४ जना महिला र ४० जना पुरुष रहेका छन् ।
आज उपत्यकाका दुई जिल्लामा मात्र नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ५६ र ललितपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन् भने भक्तपुरमा नयाँ संक्रमित थप भएको छैन ।
उपत्यकामा हालसम्म एक लाख २६ हजार ६ सय १६ जनालाई कोरोना संक्रमण भइसकेको छ ।
उपत्यकाका कुल संक्रमितमध्ये ९८ दशमलव ०३ प्रतिशतले भाईरसलाई परास्त गर्दै निको भइसकेका छन् । हालसम्म एक लाख २४ हजार एक सय ३१ जना संक्रमित निको भएका छन् ।
पछिल्लो पटक उपत्यकामा २ सय ९ जना संक्रमित निको भएका छन् । काठमाडौंमा एक सय ५९, ललितपुरमा ३२ र भक्तपुरमा १८ जना संक्रमित निको भएको हो ।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंबाट एक जना रहेको छ । हालसम्म उपत्यकामा कोरोनाका कारण ७ सय ७२ जनाको मृत्यु भएको छ ।
उपत्यकामा सक्रिय संक्रमितको संख्या पनि घट्दो दरमा छ । हाल एक हजार ७ सय १३ जना सक्रिय संक्रमित उपचाररत छन् । काठमाडौंमा एक हजार ५ सय ८४, ललितपुरमा एक सय १४ र भक्तपुरमा १५ जना सक्रिय संक्रमित रहेका छन् ।
Categorized in समाज