arin enterprises

उपत्यकामा ८५ नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७७ माघ १९, सोमबार

पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ५३ दशमलव ४५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।

काठमाडौं उपत्यकामा ८५ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३४ जना महिला र ५१ जना पुरुष रहेका छन् ।

काठमाडौंमा ७०, ललितपुरमा १० र भक्तपुरमा ५ जना नयाँ संक्रमित भेटिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख २६ हजार ७ सय ६९ पुगेको छ ।

गएको २४ घन्टामा काठमाडौंमा एक सय ६४ जना संक्रमित निको भएका छन् । तीमध्ये काठमाडौंमा एक सय ३२, ललितपुरमा २८ र भक्तपुरमा ४ जना रहेका छन् ।

हाल काठमाडौं उपत्यकामा एक हजार ५ सय ५५ जना सक्रिय संक्रमित उपचाररत छन् । काठमाडौंमा उपचाररत सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ६४ रहेको छ भने लतिलपुरमा ७६ र भक्तपुरमा १५ जना छन् ।  

Categorized in समाज