arin enterprises

उपत्यकाका सक्रिय संक्रमितकाे संख्या १४ सयभन्दा तल

SamacharDesk – बिकाश | २०७७ माघ २३, शुक्रबार

नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ५८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ३३ जना महिला र २५ जना पुरुष रहेका छन् । काठमाडौंमा ४३, ललितपुरमा १२ र भक्तपुरमा ३ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकाका कुल कोरोना संक्रमित संख्या एक लाख २७ हजार २५ पुगेको छ ।

गएको २४ घन्टामा उपत्यकामा एक सय ३६ जना कोरोना संक्रमित निको भएका छन् । काठमाडौंमा एक सय २०, ललितपुरमा १२ र भक्तपुरमा ४ जना संक्रमित निको भएका हुन् । उपत्यकामा हालसम्म एक लाख २४ हजार ९ सय ५ जना संक्रमित निको भइसकेका छन् ।

काठमाडौंमा कोरोनाका कारण थप एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै काठमाडौंमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय पुगेको छ भने उपत्यकामा ७ सय ७५ पुगेको छ ।

उपत्यकाका सक्रिय संक्रमितको संख्यामा दिनानुदिन कमी आइरहेको छ । हाल उपत्यकाका सक्रिय संक्रमितको संख्या एक हजार ४ सय भन्दा तल छ ।

काठमाडौंमा एक हजार २ सय ८०, ललितपुरमा ५० र भक्तपुरमा १५ जना गरी उपत्यकामा जम्मा एक हजार ३ सय ४५ जना सक्रिय संक्रमित छन् ।

Categorized in समाज