arin enterprises

उपत्यका ७९ संक्रमित थप, ७९ नै निको

SamacharDesk – बिकाश | २०७७ माघ २७, मंगलबार

पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितहरुमध्ये काठमाडौं उपत्यकामा ७९ जना रहेका छन् । तीमध्ये २९ जना महिला र ५० जना पुरुष रहेका छन् ।

काठमाडौंमा ६७, ललितपुरमा ७ र भक्तपुरमा ५ जना नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या एक लाख २७ हजार २ सय ८३ पुगेको छ ।

गएको २४ घन्टामा उपत्यकामा कोरोना संक्रमण निको हुनेको संख्या पनि ७९ नै रहेको छ । काठमाडौंमा ६०, ललितपुरमा १२ र भक्तपुरमा ७ जना निको भएका छन् । हालसम्म उपत्यकामा एक लाख २५ हजार ३ सय ८६ जना संक्रमित निको भएका छन् ।

पछिल्लो पटक कोरोनाका कारण निको हुने दुवै ललितपुरका हुन् । योसँगै उपत्यकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ सय ७८ पुगेको छ ।

हाल उपत्यकामा एक हजार एक सय १९ जना सक्रिय संक्रमित उपचाररत छन् । काठमाडौंमा एक हजार ८०, ललितपुरमा २६ र भक्तपुरमा १३ जना सक्रिय संक्रमित रहेका छन् ।

Categorized in समाज