arin enterprises

उपत्यकामा एक हजार ८९ संक्रमित थप

SamacharDesk – बिकाश | २०७८ श्रावण २९, शुक्रबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ८९ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन्  ।

पछिल्लो परिक्षणमा काठमाडौंमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ९४ हजार ९ सय जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।

पछिल्लो पटक उपत्यकामा ८१६ जना संक्रमित निको भएर डिस्चार्ज हुँदै घर फर्केका छन् । उपत्यकामा कोभिड संक्रमण निको हुनेको कुल संख्या २ लाख ८० हजार २८४ जना छन् ।

पछिल्लो पटक उपत्यकाभित्र काठमाडौंमा मात्रै कोभिड संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ३ जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार २० रहेको छ ।

हाल उपत्यकामा ११ हजार ५९६ जना सक्रिय संक्रमित उपचाररत छन् ।

विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ९५४ संक्रमित जनरल/एचडियू वार्डमा छन् । त्यस्तै २०२ जना संक्रमित आइसीयूमा छन् भने तीमध्ये ७२ जना भेन्टिलेटरमा उपचाररत छन् । 

Categorized in समाज