निको हुनेको दरमा केही कमी
SamacharDesk – बिकाश | २०७७ भाद्र २६, शुक्रबार

नेपालमा पछिल्ला दिनहरुमा निको हुनेको दर बढ्दै गइरहेको अवस्थामा आज भने केही घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय् आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ७०.६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ४ सय ५४ जना नयाँ संक्रमित थप हुँदा ९ सय ७२ जना संक्रमित निको भएका छन् ।
हिजो भने यो दर ७१ प्रतिशत रहेको थियो ।
हिजो एक हजार २ सय ४६ जना नयाँ संक्रमित थप हुँदा भने एक हजार ८ सय १८ जना निको भएका थिए ।
पछिल्ला केही दिनहरुमा निको हुनेको संख्यामा भने उल्लेख्य रुपमा वृद्धि भएको छ ।
केही दिनहरुमा संक्रमित संख्या भन्दा निको हुनेको संख्या नै बढि रहेको थियो भने अन्य दिनमा पनि हजार नजिकको संख्यामा संक्रमितहरु निको हुने क्रम जारी छ ।
निको हुनेको संख्यामा वृद्धि हुनुको साथै केही दिन यताबाट मृत्यु हुनेको संख्यामा कमी आएकोले आम सर्वसाधारणलाई केही राहतको महसूस भएपछि नयाँ संक्रमणको संख्या भने बढ्दो दरमा रहेकोप्रति पनि सजग हुनुपर्ने देखिन्छ ।
Categorized in समाज