११७ जना कोरोनालाई जितेर घर फर्के
SamacharDesk – विकाश | २०७७ आषाढ २, मंगलबार

पछिल्लो २४ घन्टामा थप एक सय १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् ।
पछिल्लो पटक संक्रमण मुक्त भएर उपचाररत अस्पतालबाट डिस्चार्ज हुने एक सय १७ जनामा ८ जना महिला र एक सय ९ जना पुरुषहरु रहेका छन् ।
विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना महिला र ६ जना पुरुष गरी ७ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । नारायणी अस्पताल वीरगंजबाट ३ जना पुरुष र भीम अस्पताल भैरहवाबाट ५ महिला र २१ जना पुरुष गरी २६ जना डिस्चार्ज भए ।
बाँकेबाट २२ जना संक्रमित निको भएका छन् । आइसोलेसन सेन्टर संतालियाबाट १० पुरुष, आइसोलेसन सेन्टर बाँके सहपूर्वाबाट ७ पुरुष र सुशीला कोईराला क्यान्सर प्रखर अस्पतालबाट ५ पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएका हुन् ।
त्यस्तै दैलेखबाट ३१ जना पुरुष र २ जना महिला गरी ३३ जना संक्रमणमुक्त भएका छन् । कोभिड क्लिनिक अस्पतालबाट २५ पुरुष, दुल्लु अस्पतालबाट २ महिला र ५ पुरुषको साथमा तारताङ आइसोलेसन सेन्टरबाट एक पुरुष संक्रमणलाई जित्दै घर फर्केका छन् ।
आइसोलेसन सेन्टर कालिकोटमा उपचाररत २४ र प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत २ पुरुषहरु पनि संक्रमण निको भएर डिस्चार्ज भई घर फर्केका छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या एक हजार एक सय ५८ पुगेको छ । तीमध्ये एक हजार ४६ जना पुरुष छन् भने एक सय १२ जना महिला छन् ।
Categorized in समाज