थप ९ जना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज
SamacharDesk – विकाश | २०७७ आषाढ ३, बुधबार

पछिल्लो २४ घन्टामा थप ९ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भई घर फर्केका छन् ।
पछिल्लो पटक संक्रमण मुक्त हुने ९ जना सबै पुरुषहरु रहेका छन् ।
महेन्द्र गेनाइ मेमोरियल अस्पताल सिराहामा उपचाररत ६ जना पुरुषहरु निको भएर डिस्चार्ज भएका छन् ।
त्यसैगरी नारायणी अस्पताल वीरगंजबाट रौतहटका दुई जना र पर्साका एक जना पुरुष पनि संक्रमण मुक्त भई घर फर्केका छन् ।
आजको थप निको संख्या सँगै नेपालमा कोभिड १९ संक्रमण निको हुनेको कुल संख्या एक हजार एक सय ६७ पुगेको छ ।
जसमध्ये महिलाको संख्या एक सय १२ छ भने पुरुषहरु एक हजार ५५ जना रहेका छन् ।
Categorized in समाज