थप १९ जना संक्रमणमुक्त, निको हुनेको संख्या ११८६
SamacharDesk – विकाश | २०७७ आषाढ ४, बिहिबार

पछिल्लो २४ घन्टामा थप १९ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भई घर फर्केका छन् ।
देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत १७ पुरुष र दुई जना महिला संक्रमण मुक्त भई डिस्चार्ज भएका हुन् ।
उनीहरुको पछिल्लो दुई वटा पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
नारायणी अस्पतालमा उपचाररत रौतहटकी एक महिलाको साथै पर्साकी एक महिला र ६ जना पुरुष पनि संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना पुरुष निको भई घर फर्केका छन् भने महबुब आइसोलन सेन्टर दैलेखबाट एक जना पुरुष पनि संक्रमण मुक्त भएका छन् ।
सल्कोट आइसोलेसन सेन्टरमा उपचाररत ३ जना पुरुष र सिम्ता आइसोलेसन सेन्टर सुर्खेतमा एक जना पुरुष पनि निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार एक सय ८६ पुगेको छ । तीमध्ये एक सय १४ जना महिला र एक हजार ७२ जना पुरुष रहेका छन् ।
Categorized in समाज