थप १९४ ले जिते कोरोना भाईरसलाई
SamacharDesk – विकाश | २०७७ आषाढ ७, आइतबार

पछिल्लो २४ घन्टामा थप एक सय ९४ जना कोरोना संक्रमितहरु निको भएका छन् ।
थप ८ महिला र एक सय ८६ पुरुष संक्रमणमुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय संक्रमण निको भएर घर फर्किनेमा काठमाडौं मेडिकल कलेज, दुवाकोटबाट काभ्रेपलान्चोकका २ महिला र ३ पुरुष रहेका छन् भने जलेश्वर अस्पताल महोत्तरीबाट महोत्तरीका एक महिला र १७ पुरुष पनि निको भई डिस्चार्ज भए ।
अल्पाइन नर्सिङ इन्स्टिच्यूटबाट सर्लाहीकी एक महिला र ७३ पुरुषको साथमा धरहरी स्कूल धरहरी रौतहटबाट रौतहटकी एक महिला र ४२ पुरुष संक्रमणलाई परास्त गर्दै घर फर्के ।
त्यसैगरी साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट सप्तरीका एक महिला, ११ पुरुष र गौर नर्सिङ इन्स्टिच्यूट गौरबाट रौतहटकी २ महिला र ४० पुरुष डिस्चार्ज भए ।
आज संक्रमण निको हुनेको संख्यासँगै नेपालमा कोरोना संक्रमण निको हुनेको कुल संख्या १ हजार ७ सय ७२ पुगेको छ । तीमध्ये एक सय ४९ जना महिला छन् भने एक हजार ६ सय २३ पुरुष रहेका छन् ।
Categorized in समाज