क्रिस्टियानो रोनाल्डोको अर्को नयाँ कीर्तिमान
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ६, बिहिबार

युभेन्ट्सका र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् ।
बुधबार राति कोपा इटालियाको उपाधि जितेपछि रोनाल्डोले फरक तीन राष्ट्रको लिग र लिग कप उपाधि जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।
बुधबार राति भएको फाइनलमा युभेन्ट्सले एट्लान्टालाई २–१ ले हराए पछि रोनाल्डोले पहिलो पटक कोपा इटालियाको उपाधि जितेका हुन् ।
३६ वर्षीय रोनाल्डोले इटालियन क्लब येभेन्ट्सबाट सिरी ए र कोपा इटालियाको उपाधि पनि जितेका छन् ।
यसअघि उनले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबाट प्रिमियर लिग र एफए कप जितेका छन् भने स्पेनिस क्लब रियल मड्रिडबाट ला लिगा र कोपा डेल रे कप जितेका थिए ।
यस्तै रोनाल्डो युरोपको शीर्ष तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेत हुन् ।
उनले युभेन्ट्ससँगै म्यानचेस्टर युनाईटेड, रियल मड्रिडबाट खेल्दा १०० भन्दा बढी गोल गरेका थिए भने पोर्चुगलका लागि पनि १०० गोल गरिसकेका छन् ।
Categorized in स्पाेर्ट्स