arin enterprises

समालोचक इन्द्र माली रहेनन्

SamacharDesk – बिराज | २०७८ बैशाख २३, बिहिबार

समालोचक साथै भाषिक आन्दोलनका अगुवा ईन्द्र मालीको निधन भएको छ । मुटु रोगले ग्रसित मालीको आज विहान करीब ७ बजेतिर निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि केहि दिनबाट उहाँ काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत थिए ।

सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

स्वर्गीय मालीको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने भएको छ ।

उनमा कोरोना पोजेटिभ पनि देखिएकोले सेनाले शव व्यवस्थापन गर्ने बताइएको छ ।

मालीको संक्षिप्त परिचय

७८ वर्षीय मालीको जन्म वि.सं. २००० सालमा भएको हो । दुई वर्ष अघि मात्र उनको भीमरथारोहण (पहिलो पास्नी) सम्पन्न भएको थियो । नेवाः संस्कृतिमा ७७ वर्ष, ७ महिना, ७ दिनको उमेरमा पास्नी गर्ने परम्परा छ ।

काठमाडौंको कालिमाटी निवासी उहाँ पछिल्लो समय काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका थिए ।

सरकारी सेवाको क्रममा उहाँले विभिन्न मन्त्रालयमा काम गर्नुभएको थियो भने राजपरिषदमा कार्यरत रहँदा अवकाश पाएका थिए ।

२२ सालमा रेडियो नेपालबाट नेपालभाषाको कार्यक्रम ‘जीवन दबू’ हटाईँदा भएको विरोध आन्दोलनमा उनको सक्रियता उल्लेखनीय छ ।

विशेष रुपमा समालोचना विधामा कलम चलाउने उनले नेपालमा हाइकु साहित्यको विकासमा पनि योगदान दिनुभएको छ । आफै प्रकाशक र सम्पादक समेत भई उनले हाइकु द्वैमासिक पत्रिका पनि प्रकाशन गरेका थिए ।

नेपालभाषा एकेडेमिका पूर्व सदस्य सचिव समेत रहेका उनले नेपाल तरुण लेखक संघको सचिव पनि थिए । उहाँ नेपालभाषाको स्तरीय शब्दकोषको रुपमा लिइने ‘नेपालभाषाया तः खँग्वः धुकू’ का कोषकार पनि हुन् ।

Categorized in समाज