arin enterprises

क्रोएसिया बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १२, आइतबार

युरोकप छनोटमा क्रोएसिया बराबरीमा रोकेको छ । गएराति  भएको खेलमा क्रोएसियाले वेल्ससँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको २८ औं मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

नाथन ब्रोडहेडले खेलको इन्जुरी समयमा गोल गर्दै वेल्सलाई १–१ गोलको बराबरीमा ल्याए । नाथनले डेब्यु खेलमै वेल्सका लागि गोल गरेका हुन् ।

क्रोएसियाले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा वेल्ससँग बराबरीमा रोकेको हो ।

यस बराबरीसँगै समूह डी को क्रोएसियाले र वेल्सले पहिलो खेलमा १–१ अंक जोडेको छ ।

Categorized in स्पाेर्ट्स