क्रोएसिया युरो कपमा सिधै छनोट हुने अन्तिम टिम
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर ६, बुधबार

क्रोएसिया युरो कप फुटबलमा सिधै छनोट हुने अन्तिम टिम बनेको छ । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम बनेको हो ।
गएराति भएको समूह डीको खेलमा क्रोएसियाको लागि एंटि बडीमिरले गरे । उनले खेलको ४३ औं मिनेटमा गोल गरे ।
नतिजा अनुसार समूह डीमा टर्की १७ अंक सहित शीर्ष स्थानमा रह्यो । क्रोएसिया १६ अंक सहित दोस्रो स्थानमा रहेर युरोमा सिधै छनोट भयो ।
यस्तै वेल्सले युरो कपमा आउन प्ले अफको बाटो हिड्न पर्ने भएको छ ।
योसँगै क्रोएसियाले सन् २००३ देखि हरेक युरोपियन च्याम्पियनसिप र सन् २०१० देखि हरेक ठुलो प्रतियोगिताका लागि छनोट हुने क्रमलाई निरन्तरता दिएको छ ।
Categorized in स्पाेर्ट्स