arin enterprises

सानफ्रान्सिमा यःमरि मयजुको सांगितिक कार्यक्रम

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण १९, बिहिबार

अमेरिकी शहर क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा यःमरि मयजुको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्दृश्यले यःमरि मयजुबाट सानफ्रान्सीस्कोस्थित यति रेस्टोरेन्टमा उक्त कार्यक्रमको आयोजना भएको थियो ।

नेपालीहरूका साथै अमेरिकीहरुको बाक्लो उपस्थिति रहेको सान्टा रोसाको सो कार्यक्रममा मौलिक नेपाली संगीतको प्रस्तुति दिइएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नेपाली शैलीमा जन्मदिन मनाउने प्रक्रियाको प्रदर्शन एवं नेपाली मौलिक भोज (नेवाः भ्वय्) को प्रबन्ध पनि यति रेस्टोरेन्टले गरेको थियो ।

कार्यक्रममा यःमरि मयजुकी अध्यक्ष अनुपा श्रेष्ठले नेपालको पहिचान बनेको खाद्य परिकार यःमरिको इतिहास, यसलाई बनाउने तरिकाको बारेमा समेत जानकारी दिएकि थिइन् । साथै नेपाली खानपानमा पन्चतत्वको संयोजन र यसको महत्वको बारेमा पनि अध्यक्ष श्रेष्ठले बताएकि थिइन् ।

‘सिङ्गो नेपालकै पहिचान बोकेको यःमरि लगायतका नेपाली संस्कृतिको पहिचानलाई काठमाडौंका नेवार समुदायमा सिमित बनाउन खोजिँदै गरेको अवस्था छ, यसलाई ब्यापकता दिन अभियानकै रुपमा यो कार्यक्रमलाई अघि बढाएका छौं’ अध्यक्ष श्रेष्ठले भनिन् ।

नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यःमरि मयजुले अमेरिकाको विभिन्न शहरहरुमा सांस्कृतिक प्रस्तुतिहरु दिँदै आएको छ ।

नेवार भाषामा यः भन्नाले मनपर्ने र मरिको अर्थ रोटी हो । धार्मिक, सांस्कृितक महत्व बोकेको मौसम अनुकुलको पौष्टिक आहार यःमरि नेवार समुदायको सभ्यता र संस्कृतिको रुपमा लिने गरिन्छ । हरेक वर्ष मार्ग शीर्ष पुर्णिमाको दिनमा नेवार समुदायले यःमरि पुन्हि मनाउँदै घरघरमा यःमरि बनाएर खाने गर्छन् ।

Categorized in समाज