arin enterprises

ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

झापामा आज बिहान ट्रकले ठक्कर हान्दा एक साईकलयात्रीको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–११ शिव चोकमा मे.१ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिँदा साईकलयात्रीको मृत्यु भएको हो ।

घटनामा सोही ठाउँ बस्ने धनबहादुर राईको छोरा १३ वर्षीय भिमबहादुर राईको मृत्यु भएको हो ।

ट्रकको ठक्करले गम्भीर घाईते भएका उनलाई उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज