arin enterprises

नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १४, सोमबार

नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति हंगेरीको पुस्कास एरिनामा भएको प्रि–क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २–०ले पराजित गरेको हो  ।

 पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले उनलाई पहिलो कार्ड मात्र दिईएको थियो । तर, भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए ।

नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले फाईदा उठायो । खेलको ६८ औं मिनेटमा टोमस होल्सले गोल गर्दै चेक रिपब्लिकलाई १–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औं मिनेटमा प्याट्रिक शिकले गोल गर्दै चेक रिपब्लिकलाई २–० को जित दिलाए । जारी युरोकपमा शिकको यो चौंथो गोल हो ।

अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ भने उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।

Categorized in स्पाेर्ट्स