arin enterprises

दैनिक जागरणका पत्रकारको गोली हानी हत्या

SamacharDesk | २०८० भाद्र १, शुक्रबार

भारतको बिहारको अररिया जिल्लामा हिन्दी पत्रिका दैनिक जागरणका पत्रकार विमलकुमार यादवको गोली हानी हत्या गरेको छ ।

शुक्रबार बिहान यादबको घरभित्र अज्ञात मानिसहरु पसेर गोली हानी हत्या गरेको हो । गोली लागेर पत्रकारको घटनास्थलमै मृत्यु भएको थियो । 

चार अपराधी यादवको घर बाहिर आइ चिच्याएर बोलाए पछि बाहिर निस्कँदा अपराधीहरूले गोली हानेर भागेको बीबीसीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि पठाइएको छ भने अपराधीलाई पक्रने प्रयास भइरहेको नीय प्रहरीले जनाएको छ ।

सन् २०१९ मा विमलका भाइको पनि अपराधीले हत्या गरेका थिए । उक्त मुद्दामा पत्रकार यादब एक मात्र साक्षी थिए । उनलाई बयान परिवर्तन गर्न लगातार दबाब दिइँदै आएको बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय