arin enterprises

उपप्रमुख डंगोल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान

SamacharDesk | २०८१ आश्विन २, बुधबार

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुभएको छ ।

उहाँ आज साँझ ६ बजे अमेरिकाको न्यूयोर्कतर्पm प्रस्थान गर्नुभएको हो । यही असोज ६ र ७ गते हुने  ‘समिट अफ द फ्युचर, २०२४’ कार्यक्रमका लागि काठमाडौँस्थित युएनको आवासीय प्रतिनिधिको कार्यालय र नेपाल सरकारले युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेपछि उहाँ सो सभामा भाग लिन अमेरिका जानुभएको हो । 

डंगोलको सचिवालयले जनाए अनुसार उक्त समिटले दिगो विकास र सम्बन्धित वित्त पोषणलाई समेट्ने पाँच अध्यायलाई समावेश गरेको छ । ‘शान्ति र सुरक्षा, विज्ञान र प्रविधि, युवा र भाविपुस्ता अनि विश्वव्यापि शासनको रुपान्तरणलाई कार्यक्रमले समेट्ने छ ।

विश्वव्यापि रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोनापछिको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषय महासभामा समेटिने छन् ।

यी विषयलाई केन्द्रमा राखेर सञ्चालन हुने विभिन्न चरणका कार्यक्रममा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले भाग लिनुहुने छ ।

समिट अफ दफ्यचर, २०२४ का अतिरिक्त उपप्रमुख डंगोल संयुक्त राष्ट्र संघका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम छ ।

भदौ २७ गते औपचारिक उद्घाटन भएको महासभा असोज १४ गतेसम्म चल्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० गते महासभामा सम्वोधन गर्ने कार्यक्रम छ ।

Categorized in स्थानीय
SKIP THIS dahain 2081