arin enterprises

हात्तीको आक्रमणबाट मृत्यु

SamacharDesk – बिकाश | २०७७ कार्तिक २३, आइतबार

चितवन रत्ननगर नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रत्ननगर ६ बस्ने रौतहट चन्द्रपुर गैडाटार घर भएका ३६ वर्षीय हंसराज कुँवरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

सोही ठाउँस्थित एनसिएन संघको पालुवा हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र चराउन जाने क्रममा हात्तीको आक्रमणबाट कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in समाज