arin enterprises

पहिरोमा पुरिएर मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र २८, आइतबार

बाग्लुङ जैमिनी नगरपालिका १ टुनिबोटमा आज विहान पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । 

पहिरोले मणिभद्र पाध्याको घर पहिरो आई पुरिँदा उनकी श्रीमती ६५ वर्षीया लक्ष्मीदेवी पाध्याको मृत्यु भएको हो । 

प्रहरी चौकी कुश्मीसेराबाट खटीएको प्रहरीको टोली स्थानीयको सहयोगमा लक्ष्मीदेवीको शव फेला पारेको हो । 

मणीभद्र पाध्या र छोरी देवी पाध्यालाई भने सकुशल उद्धार गरिएको छ । 

त्यस्तै जैमिनीकै बिनामारे बस्ने निलकण्ठ पौडेलको घर पनि आज बिहान पहिरो आई पुरिँदा उनकी आमा ७५ वर्षीया जाल्पादेवी पौडेलको मृत्यु भएको छ । 

Categorized in समाज