arin enterprises

भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २१, मंगलबार

भक्तपुरमा सडक बत्ती मर्मत गर्न पोलमा चढेका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

सडक बत्ती मर्मत गर्न खटिएका सोही ठाउँ बस्ने दोलखा मेलुङ गाउँपालिका–५ का २३ वर्षीय राज कुमार बुढाथोकीको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका–२ ब्यासी इतापामा सडक बत्ती मर्मत गर्ने क्रममा बुढाथोकीको मृत्यु भएको हो ।

भक्तपूर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका बुढाथोकी बिजुलीको पोलमा चढी मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

साथै करेन्ट लागेर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Categorized in समाज